कोरोना संकटमा भारतमा अनलाइन किनबेच ५१ प्रतिशतले बढ्यो
नयाँ दिल्ली ।
चाडपर्व सुरु हुँदै गर्दा विश्व महामारी कोरोना संक्रमणमा मौलाएको अनलाइन किनबेचल तीव्रता पाएको छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको देश भारतमा चाडपर्व नजिकिँदै गर्दा अनलाइन शपिङमा ५१ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१९ मा यस्तो ग्राहक केवल २७ प्रतित रहेका थिए । जसले अनलाइन शपिङलाई प्राथमिकतामा राखेका थिए ।
तर अहिले कोरोना संकटका कारण अनलाइन खरिदबिक्री मौलाएको छ । यो समयमा लोकल सर्कल्सले गरेको सर्वेक्षणमा यो तथ्यांक देखिएको हो । मानिसहरुले इकमर्स साइट वा यही किसिमका एप्लिकेसनबाट अनलाइन खरिदबिक्री गरेका हुन् । यसबाहेक लघु, मझौला वा कुटीर उद्योगबाट खरिदबिक्रीको कुरा गर्दा ८० प्रतिशत मानिसले हो जवाफ दिएका छन् भने १० प्रतिशतले होइन जवाफ दिएका छन् । यो सर्वेक्षणमा ३ सय ३० भन्दा धेरै जिल्लाका मानिस समावेश थिए ।
यसैबीच, नेपालको दशैँ अर्थात् भारतको दशहरा पर्वलाई मध्यनजर गर्दै फ्लिपकार्टले बिग बिलियन डेज सेल १६ अक्टोबरदेखि २१ अक्टोबरसम्म सुरु गर्ने भएको छ । १७ अक्टोबरदेखि अमेजन ग्रेट इन्डिया सेलको पनि सुरुवात हुँदै छ । जुन एक महिनासम्म चल्नेछ । कोरोनाका कारण इकमर्सको व्यापारमा पछिल्लो समय तीव्रता आएको छ । पछिल्लो दिनको एक रिपोर्टका अनुसार यी सेलहरुमा प्रिमियम सामानमा ५० प्रतिशतसम्म छुट मिल्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया