सहमति कार्यान्वयनबारे भारत र श्रीलंकाबीच छलफल
नयाँ दिल्ली ।
भारत र श्रीलंका बीचमा विगतमा भएका सहमति कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलंकाका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलंकाका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमति कार्यान्वयनका बारेमा कुराकानी गरेका हुन् ।
उनीहरुका बीचमा विषेश गरेर गत महिना दुई देशका प्रधानमन्त्रीका बीचमा भएको भर्चुअल बैठकमा भएको सहमतिका विषयमा छलफल भएको थियो । ‘श्रीलंका लागि भारतीय उच्च आयुक्तले श्रीलंकाका विदेश मन्त्रीलाई आज भेट्नु भएको छ, उहाँहरु बीचको छलफल उपलब्धीमुलक भएको छ’, भारतीय उच्च आयुक्तको आधिकारीक ट्वीटर हेन्डलमा शनिबार लेखिएको छ ।
भारतीय उच्च आयुक्तले यसअघि गत बिहीबार श्रीलंकाका ऊर्जामन्त्री उदय गम्मान्पीलासँग ऊर्जा सुरक्षा प्रवर्द्धनका बारेमा छलफल गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षका बीचमा गत महिना भर्चुअल शिखर बैठक भएको थियो । बैठकमा एक अर्काका बीचमा सहयोग आदान प्रदान, सहकार्य र आपसी सम्वन्ध सुधार लगायतका विषयमा सहमति भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया