एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजाना) सञ्चालनमा आएको एक वर्ष पूरा
काठमाडौं ।
एनआइबीएल सहभागिता फण्ड (खुलामुखी योजाना) सञ्चालनमा आएको एक वर्ष पूरा भइसकेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजाना) सञ्चालनमा आएको एक वर्ष पूरा भइसकेको हो ।
यसै परिपेक्षमा योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्वारा आम लगानीकर्ताहरूमाझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस फण्डको स्वचालित कारोबार प्रणाली आइतबारदेखि लागू गरेको जानकारी दिएको छ ।
यो प्रणालीमार्फत आम लगानीकर्ताहरू तथा इकाईधनीहरूले हालका लागी योजनाका इकाई खरिद गर्न सक्ने, व्यवस्थित लगानी योजनामा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी, युजर लगइन दर्ता तथा युजर लगइनमार्फत अन्य विभिन्न सुविधाहरू प्राप्त गर्न सक्ने एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया