भिसा र मास्टरकार्डले बलजफ्ती शुल्क लिएको आरोप
लन्डन ।
भिसा र मास्टरकार्डले कोरोना महामारीमा बलजफ्ती शुल्क लिएको आरोप लागेको छ । बेलायती खुद्रा व्यावसायिक समूहहरुले भुक्तानी सेवा प्रदायक फर्महरुले दुई वर्षयता झण्डै दोब्बर शुल्क स्किम फिअन्तर्गत असुलेको आरोप लगाएका हुन् । भुक्तानी सेवा प्रदायक कम्पनीले बढी शुल्क लिए त्यसको मार उपभोक्तालाई पर्ने पनि उनीहरुले चेतावनी दिएका छन् । यसबाट क्रेडिट कार्डको बिल वर्षमा ४० पाउन्ड स्टर्लिङका दरले बढोत्तरी हुने उनीहरुको भनाइ छ । बीआरसीका एन्ड्र्यु क्रेगनले सरकारले ती कम्पनीको असुली रोक्न ठोस कदम चाल्नुपर्ने माग गरे ।
ब्रिटिश रिटेल कन्सोर्टियम (बीआरसी)का फाइनान्स पोलिसी (वित्त लगानी) प्रमुख क्रेगनले यदि यही दरमा ऊर्जा वा दूरसञ्चार सेवा प्रदायकले शुल्क वृद्धि गरेको भए बाहिर धेरै हल्ला भइसक्ने भए पनि यी कम्पनीको बलजफ्ती असुलीमा कसैको ध्यान नपुगेको बताए । कम्पनीको शुल्क असुलीलाई उनले बजारमा पकड छ भनेर गरेको मनोमालिन्य दुरुपयोगको संज्ञा दिए । यी दुवै कम्पनी विश्वकै धेरै नाफा कमाउनेमा गनिन्छन् । उक्त समूहहरुले कम्पिटिसन एन्ड मार्केट्स अथोरिटी (सीएमए)ले कार्ड स्किमबारे अनुसन्धान गर्न माग गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया