‘इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक’
अमेरिका ।
इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको राष्ट्र संघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले शनिबार बताएका छन् । इथियोपियाको संघीय बल तथा यस क्षेत्रको सत्तासिन दलबीच नोभेम्बर ४देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् । इथियोपियाको अति गरिब क्षेत्र टाइग्रेमा लगातार भिडन्त भइरहेका र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रबेश गरेका हुन् ।
राष्ट्र संघका शरणार्थी मामिला उच्च आयुक्त ग्रान्डीेले इथियोपिया–सुडान सिमा क्षेत्रबाट कम्तीमा ८० किलोमिटर टाढा रहेको शिविरमा शरणार्थीको भीड लाग्दा उनीहरूलाई खाद्यान्न र कपडालगायतका अतिआवश्यक सामग्रीको व्यवस्थापनका लागि उक्त रकम आवश्यक परेको हो । उक्त शिविरतर्फ अहिले पनि पाँचदेखि छ सयको संख्यामा शरणार्थी अघि बढिरहेको ग्रान्डीले बताए । सुडानका शक्तिशाली शासक ओमार अल बसीरलाई सन् २०१९ मा सत्ताच्युत गरिएपछि सुडानले अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया