एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट
काठमाडौं, पुस १६
एनसेलले अंग्रेजी नयाँ वर्षको अवसर नयाँ अफर ल्याएको छ । एनसेलका अनुसार सन् २०२० को पहिलो दिन जनवरी १, एनसेल ग्राहकका लागि विशेष दिन हुनेछ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।
एनसेल प्रालिले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् । यो अफर यही बुधबारदेखि लागू भई २४ घण्टाको लागि मान्य रहनेछ । एनसेलका ग्राहकले बुधबार बिहान १२.०० बजेदेखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुईवटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।
यो योजनाअन्तर्गत ग्राहकले करसहित एक हजार २० रुपैयाँ २४ पैसा पर्ने १६ जिबी प्याक करसहित मात्र ५ सय १० रुपैयाँ १२ पैसामा सुचारु गर्न सक्नेछन् । त्यस्तै यही योजनाअन्तर्गत ग्राहकले कर सहित ४ सय ५३ रुपैयाँ ३० पैसा पर्ने मासिक ६ जिबी (३ जिबी प्लस ३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहित मात्र २ सय २६ रुपैयाँ ६५ पैसामा सुचारु गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स५०ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो आवश्यकताअनुसारको डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया