प्रविधिमा पहुँच नहुँदा अपाङ्गता भएकालाई समस्या
काठमाडौं ।
प्रविधिमा पहुँच नहुँदा कोरोना महामारीमा अपाङ्गता भएका व्यक्तिहरूलाई समस्या भएको सरोकारवालाहरूले बताएका छन् । अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले कोभिड १९ को जोखिमको अवस्थामा पनि प्रविधिसँग पहुँच नहुँदा अपाङ्गता भएका व्यक्तिहरू समस्यामा परेको गुनासो गरे । पछिल्लो समय कागजको रूपैयाँको कारोबारमा पनि कोरोनाको जोखिम रहेको सुन्दै आएकोमा आफूहरूले बैंकिङ कारोबार गर्नबाट वञ्चित भएको उनले बताए ।
२९औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता संरक्षण नेपाल र प्रभु पेको संयुक्त आयोजना तथा नेपाल इन्टरनेट फाउन्डेसनको प्राविधिक सहयोगमा भएको भर्चुअल कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिहरूको पहुँच बैकिङ कारोबारमा समेत नभएको बताउँदै सरकारको ध्यानाकर्षण गराए । साथै उनले सेवा दिने कार्यालयको भौतिक संरचना अपाङ्गमैत्री नहुँदा पनि समस्या भोग्नुपरेको बताए । उनले अपाङ्गता संरक्षण नेपाल र प्रभु–पेको तर्फबाट सेवा दिने उद्देश्यले हाम्रो मोबाइल वालेट बनाइएको जानकारी दिए ।
यसअधि बैंकिङ कारोबार गर्न नपाएका अपाङ्गता भएका व्यक्तिहरूले अबदेखि उक्त एपमार्फत सेवा लिन सक्ने जनाइएको छ । साथै एपलाई अझै सुधार गरी सरल बनाउनेतर्फ आफूहरू लागेको बताए । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताए ।
मन्त्री गुरुङले सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिसँग जोड्ने गरी सरकारले काम थाल्ने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अवधारणाअनुरूप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्गता भएका व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताए । यस वर्षको दिवसको नारा ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने तय गरिएको छ । नेपालमा अपाङ्गता भएकाको जनसंख्या करिब पाँच लाख रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया