Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘रोट्र्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स’

‘रोट्र्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स’


काठमाडौं,पुस १७
रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको आयोजनामा १२औँ रोट्र्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न भएको छ । सम्मेलनको रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले उद्घाटन गरेका थिए । ललितपुरमा उक्त कन्फरेन्स सम्पन्न भएको हो । सम्मेलनमा ’युवामा लगानी’ विषयमा बृहत छलफल भएको थियो ।

रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अन्तर्गत १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स भएको हो । सम्मेलनलाई सफल पार्न रोट्रयाक्ट क्लब अफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप, पाटन वेस्ट र बालाजुले संयुक्त रूपमा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । नेपालभर १ सय २७ वटा रोट्रयाक्ट क्लब रहेका छ्न । जसमा ८२ वटा क्लब कन्फरेन्समा सहभागी रहेको डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) स्नेहा शाक्यले बताईन । ’युवामा लगानी’ (इन्भेष्टिंग इन युथ) विषयको सेरोफेरोमा रहेर सम्मेलनमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई सम्मेलनमा प्यानल डिस्कसनमा बोलाएर युवामा लगानी संगै अन्य विषयमा छलफल गरिएको थियो ।

युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्न र रोट्रयाक्ट र रोटरीको भुमिकाको बारेमा अवगत गराउनमा सहयोग पुगेको आयोजकले जनाएको छ । रोट्रयाक्ट क्लबका सदस्यहरुलाई हौसला प्रदान गर्न तथा ’युवामा लगानीमा’ विषयमा साझा पार्टिका संयोजक रविन्द्र मिश्रले आफ्नो जिवनी सहित पत्रकारिताको यात्रा देखि बिबिसि नेपाली सेवा र राजनीति यात्रा बारे उनले बताएका थिए । साथै सम्मेलनमा आगामी वर्षका लागि आगामी रोटा वर्ष २०/२१ का डीआरआर सन्जिव पौडेलले आफ्नो डिस्टिक्ट टिम र थिम (क्रियटिङ भ्यालु) समेत सार्वजनिक गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया