हुवावेका उपकरण आफ्नो नेटवर्कबाट हटाउन कम्पनीहरुलाई अमेरिकी सञ्चार आयोगको आदेश
वासिड.टन ।
अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले चिनियाँ कम्पनी हुवावेका उपकरणहरु आफ्नो नेटवर्कबाट हटाउन अमेरिकी दूरसञ्चार कम्पनीहरुलाई आदेश दिएको छ । एफसीसीले चाइना टेलिकमलाई दिएको अमेरिकामा व्यवसाय सञ्चालनको अधिकार पनि उल्ट्याउने प्रक्रिया सुरु गरेको छ । अमेरिकाको यो कदम हुवावेविरुद्ध लगाइएको राष्ट्रिय सुरक्षा खतरासँग जोडेर चालिएको पछिल्लो कदम हो ।
यो आदेशमा साना कम्पनीहरुलाई हुवावेका उपकरण प्रतिस्थापन गर्न सब्सिडी दिने पनि उल्लेख छ । तर यसको लागि संसदले अनुमोदन गर्नुपर्ने हुन्छ । एफसीसीका प्रमुख अजित पाईले हुवावे र चिनियाँ सेना तथा जासुसी संस्थासँग राम्रो सम्बन्ध रहेको, चिनियाँ कम्युनिस्ट पार्टीसँग पनि जोडिएको दाबी गरे । पछिल्लो कदमलाई उनले मनगढन्ते नभएको बरु धेरै स्वतन्त्र संस्थाहरुले हुवावेका उपकरणले राष्ट्रिय सुरक्षामा दख्खल पु-याउने बताएको उल्लेख गरे ।
यसैबीच, एफसीसीले कुन कुन हुवावेका उपकरणले राष्ट्रिय सुरक्षामा दख्खल पु-याउनसक्ने भनेर सूची नै सार्वजनिक गर्ने तयारी समेत गरेको छ । हुवावेले भने अमेरिकी आरोपको पटक पटक खण्डन गर्दै आएको छ । साना कम्पनीलाई हुवावेका उपकरण प्रतिस्थापन गर्न दिइने सब्सिडी १.६ अर्ब अमेरिकी डलरसम्म लाग्नसक्ने बताइएको छ । साना दूरसञ्चार सेवा प्रदायकले अमेरिकी ग्रामीण क्षेत्रमा सेवा दिइरहेका छन् । हुवावेले अमेरिकी कदमलाई निराशाजनक र दुःखदायी भनेको छ । त्यस्तै एफसीसीले यसअघि चिनियाँ कम्पनी चाइना टेलिकमलाई अमेरिकामा सेवाका लागि दिएको अनुमति पनि उल्ट्याउने भएको छ । यसको प्रक्रिया सुरु भइसकेको उसले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- Test
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया