आरएसडीसी लघुवित्तले १२ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं ।
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही मंसिर २८ गते बसेको सञ्चाल समितिको एक सय छैटौं बैठकले संस्थाको हाल कायम रहेको चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार सात सय २० रुपैयाँबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा नौ प्रतिशत अर्थात् छ करोड चार लाख ३७ हजार ४५ रुपैयाँबराबरको बोनस सेयर र तीन दशमलव ६३ प्रतिशत अर्थात् दुई करोड ४३ लाख ८६ हजार आठ सय ७८ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी निर्णय नेपाल राष्ट्र बैंकको निर्णय एवं संस्थाको यही पुुस २४ गते हुने सातौं वार्षिक साधरणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही पुस १० गते सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया