ढाका ।
बंगलादेशले बुधबार आफ्नो ५० औं विजय दिवस मनाएको छ । यस अवसरमा बंगलादेशमा शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विभिन्न सैनिक परेडलगायतका कार्यक्रमहरु सम्पन्न गरिएको थियो । बंगलादेशका राष्ट्रपति एमडी अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना सो विदय उत्सव सम्बन्धी कार्यक्रममा सहभागी हुनुभएको थियो । बंगलादेशको राजधानी ढाकामा बुधबार विजय उत्सवका लागि विशेष कार्यक्रमहरुको आयोजना गरिएको बताइएको छ ।
सन् १९७१ मा भएको स्वतन्त्रतासम्बन्धी युद्धमा भएको विजयको स्मरण गर्दै बंगलादेशले डिसेम्बर १६ लाई विजय उत्सवका रुपमा मनाउने गर्दछ । बंगलादेशमा पनि पछिल्लो समयमा कोभिडको महामारी बढ्दै गएकोले यस वर्षको विजय उत्सव भने पहिले पहिलेका वर्षहरुमा जस्तो व्यापक रुपमा भने सम्पन्न गर्न नसकिएको बंगलादेशको राजधानी ढाकाबाट प्राप्त भएका समाचारहरुमा जनाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया