बजार परिसूचक दुई हजार ८७ बिन्दुमा
सातामा २२ अर्ब ७६ करोड १६ लाखको सेयर किनबेच
काठमाडौं ।
यस साता सेयर बजार परिसूचक दुई हजार ८७ दशमलव २८ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९८ दशमलव ७० अंकमा पुगेर रोकिएको छ । यससाता धितोपत्र बजारमा दुई सय १४ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार दुई लाख सात हजार तीन सय २४ पटकको कारोबारमा चार करोड ५१ लाख २७ हजार छ सय नौ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम २२ अर्ब ७६ करोड १६ लाख तीन हजार नौ सय २१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १० अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय पाँचवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार दुई लाख ९९ हजार नौ सय चार पटकको कारोबारमा छ करोड ११ लाख ३८ हजार छ सय ८८ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम ३४ अर्ब ७१ करोड ९० लाख ३८ हजार ५० रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन नेप्से घटेको थियो भने बाँकी दिनहरूमा नेप्से बढेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा उकालो लागेको थियो ।
पहिलो दिन बजार परिसूचक ३९ दशमलव ९८ अंकले ओरालो लागेर १९ सय ९८ दशमलव ६५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३३ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ४३ अंकमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक आठ दशमलव ५७ अंकले उकालो लागेर दुई हजार सात दशमलव २९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ५७ अंकमा चढेको थियो ।
तेस्रो दिन बजार परिसूचक पाँच दशमलव ५७ अंकले उकालो लागेर दुुई हजार १२ दशमलव ८९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव १३ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ७४ अंकमा झरेको थियो । चौथो दिन पुनः बजार परिसूचक ४९ दशमलव १७ अंकले उकालो लागेर दुई हजार ६२ दशमलव छ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ८६ अंकले उकालो लागेर तीन सय ९१ दशमलव ३० अंकमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक २५ दशमलव २१ अंकले उकालो लागेर दुुई हजार ८७ दशमलव २७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव चार अंकले उकालो लागेर तीन सय ९८ दशमलव ७० अंकमा चढेको थियो ।
यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी आदिको बढी रकम कारोबार भएका छन् भने ग्लोबल आईएमई बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी आदिको बढी सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सूचीकृत सेयरतर्फ भने यस साता गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर मात्र परेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
- मजदुर वर्गको आर्थिक तथा सामाजिक समस्या समाधान गर्नुपर्छ: झलनाथ खनाल
- श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया