ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा पद्मिनी प्रधानांग निर्वाचित
काठमाडौं ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित भएकी छिन् । टीआईको सोमबार सम्पन्न २५औँ वार्षिक साधारणसभाले पूर्वमहासचिव प्रधानाङ्गलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । कार्यसमिति सदस्यमा मुकुन्द बहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ पुनः निर्वाचित भएका छन् । नयाँ समिति सदस्यको रुपमा डा. सागरराज शर्मा, मदनकृष्ण शर्मा र राष्ट्रिय व्यावसायिक पहल निर्वाचित भएका छन् ।
सभाले संस्थाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । सभाद्वारा पारित संस्थाको वार्षिक प्रतिवेदनमा नागरिकले भ्रष्टाचार बढ्दो रहेको अनुभव गरेकाले सरकारको भ्रष्टाचारविरुद्धको शून्य संवेदनशीलता नारामा मात्र सीमित रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा संघीय संरचनामा लोकतान्त्रिक व्यवस्था सुदृढ हुने र आम नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा व्यवहारमा कार्यान्वयन हुन नसकेको धेरैले अनुभव गरेको उल्लेख गरिएको छ । सभाले संस्थाको सक्रियता र प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया