एउटा बिटक्वाइनको मूल्य पहिलोपटक ३४ हजार डलर नाघ्यो
लन्डन ।
डिजिटल मुद्रा बिटक्वाइनको मूल्यमा कीर्तिमान कायम भएको छ । एजेन्सीहरुका अनुसार भर्चुअल अर्थात् अनलाइन डिजिटल मुद्रा बिटक्वाइन प्रति एकको मूल्य आइतबार ३४ हजार अमेरिकी डलर पुगेको हो । यद्यपि पछि ३३ हजार डलरमा झरेको थियो । पहिलोपटक २० हजार र त्यसपछि शनिबार मात्रै ३० हजार डलर प्रति एकको मूल्य पुगेर बिटक्वाइनको मूल्यमा नयाँँ कीर्तिमान बनेको हो । योसँगै ठूला लगानीकर्ताको ध्यान खिच्न भर्चुअल मुद्रा सफल भएको मानिएको छ । बितेका वर्ष यसको मूल्य यसरी आकाशिएको थिएन । केही विश्लेषकहरुका अनुसार यसको मूल्य अमेरिकी डलरको मूल्य खस्किँदा झनै आकाशिन सक्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया