श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको वार्षिक साधारणसभा
काठमाडौँ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २६औं वार्षिक साधारणसभा बुधबार कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौँंमा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप पाँच अर्ब २५ करोड र कर्जा सापट चार अर्ब ६७ करोड पुगेको तथा सम्पूर्ण कारोबारपछिको कम्पनीको खुद मुनाफा (बोनस तथा कर व्यवस्था पछि) ११ करोड १९ लाख भएको जानकारी साधारणा सभालाई गराए ।
साधारणसभामा अनुमोदनको लागि पेस गरिएको हाल कायम रहेको चुक्ता पुँजीको १० दशमलव ५३ प्रतिशत लाभांश वितरण (बोनस सेयर सात दशमलव ३७ प्रतिशत तथा नगद लाभांश तीन दशमलव १६ प्रतिशत ) सम्बन्धी प्रस्तावलाई २६औं साधारणसभाबाट अनुमोदन गरेको फाइनान्सले जनाएको छ । अनुमोदनपश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजी ८९ करोड एक लाख ३४ हजार आठ सय ७९ रुपैयाँ पुगेको छ ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष पाण्डेले विषम परिस्थितिको बाबजुद पनि कम्पनीको व्यावसायिक कारोबार वृद्धि हुनुमा आफ्ना ग्राहकहरूसँगको निरन्तर सम्पर्कलगायत कर्जाको किस्ता तथा ब्याज असुलीतर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए । कम्पनीले २०७७ आसार मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरूबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रही व्यावसायिक कार्य गर्दै उक्त बैंकको निर्देशनहरू पूर्णरूपमा पालना गरिएको जानकारी समेत सभालाई गराएका थिए ।
छलफलको क्रममा सेयरधनीहरूबाट उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरूको उत्तर अध्यक्षको अनुमतिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिएपछि साधारणसभाबाट वित्तीय विवरणलगायत सभामा छलफलका लागि पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरू सर्वसम्मतबाट पारित भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया