अर्बपति बिल गेट्ससँग २ लाख ४२ हजार एकड जमिन
अमेरिका ।
चर्चित अर्बपति बिल गेट्स अमेरिकाकै ठूला जमिनदार रहेको एक अध्ययन रिपोर्टले जनाएको छ । द ल्यान्ड रिपोर्टअनुसार माइक्रोसफ्टका सीईओ समेत रहेका गेट्ससँग अमेरिकाका १८ राज्यमा २ लाख ४२ हजार एकड जमिन रहेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
एक एकडमा ४३ हजार ५ सय ६० वर्गफिट र ४ हजार ४६ दशमलव ८६ वर्गमिटर जग्गा हुन्छ । फ्लोरिडा, वासिङटनजस्ता सहरमा उनले खेतीयोग्य जमिन जोडेका छन् । फोब्र्सका अनुसार गेट्ससँग १ खर्ब २१ अर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ ।
उनको लुजियानामा ६९ लाख ७१ एकड, अर्कान्सासमा ४७ हजार ९ सय २७ एकड र नेब्रास्कामा २० हजार ५ सय ८८ एकड जमिन छ । त्यस्तै फोनिक्स, एरिजोनामा २५ हजार ७ सय ५० एकड ट्रान्जिसनल ल्यान्डमा समेत हिस्सेदारी छ । यसमा अफट फेमिलीको १ लाख ९० हजार एकड र स्टिवार्ट र लिन्डा रेस्निकको १ लाख ९० हजार एकड जमिन समावेश रहेको बताइएको छ ।
गेट्स दम्पती (बिल गेट्स र श्रीमती मेलिन्दा) सँग कुल २ लाख ६८ हजार ९ सय ८४ एकड जमिनको स्वामित्व रहेको छ । ल्यान्ड रिपोर्टका अनुसार यसमा रिक्रिएसनल ल्यान्ड १ हजार २ सय ३४ एकड र २५ हजार ७ सय ५० एकड ट्रान्जिसनल ल्यान्ड रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया