माल्दिभ्समा पनि कोभिशिल्ड खोप लगाउन अनुमति
माले ।
कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए)ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो । स्थानीय सञ्चार माध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचार अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो । खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनु पर्ने बताएकाले आपत्कालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले जनाएको छ ।
त्यसैगरी १८ वर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई पनि यो खोप लगाउन नहुने चिकित्सकहरूले बताएका छन् । कोभिशिल्ड खोप लगाएका व्यक्तिमा फरक फरक खालको अप्रत्यक्ष असरहरु देखिन सक्ने र यसबाट डराउन भने नपर्ने चिकित्सकहरुको भनाइ छ । माल्दिभ्सलाई यही जनवरी २० मा भारतले एक लाख खोप दिएको छ । भारतले अन्य छिमेकी देशहरुलाई पनि उच्च प्राथमिकताका साथ खोप सहयोग प्रदान गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया