एक्सोनले व्यहो-यो वर्षौंपछि पहिलो घाटा
अमेरिका ।
तेल कम्पनी एक्सोन मोबिलले वर्षौंपछि पहिलोपटक गत वर्ष व्यवसायमा घाटा व्यहोरेको छ । कोरोना महामारीको कारण कम्पनीले घाटा व्यहोरेको बीबीसीले जनाएको छ । कम्पनीले तेल सस्तो हुँदा २२ अर्ब ४० करोड अमेरिकी डलर घाटा व्यहोरेको हो ।
अमेरिकामा कच्चा तेल अत्यधिक सस्तो हुँदा मूल्य शून्यभन्दा तल पुगेको थियो । यसले कम्पनीलाई असर गरेको हो । सोही कारण कम्पनीले आफ्नो कार्यशक्ति समेत कटौती गर्नुपरेको थियो भने लगानी योजना पनि रद्द गर्नुपरेको थियो । यस्तै, अधिकारवादीहरुको दबाबका कारण कम्पनीले जलवायुमैत्री प्रविधिमा केन्द्रित हुने बताएको थियो । उसले प्रदूषण घटाउने गरी कार्बन उत्सर्जन नियन्त्रणमा केन्द्रित हुने व्यवसायको प्रवर्द्धन गर्ने बताएको थियो ।
कम्पनीले आगामी चार वर्षमा न्यून उत्सर्जन सोलुसनमा तीन अर्ब अमेरिकी डलर खर्च गर्ने बताएको छ । सन् २०१३ मा कम्पनी अमेरिकाकै उच्च मूल्यवान् सार्वजनिक कम्पनीको परिचय बनाउन सफल भएको थियो । त्यस्तै उसले सन् २०१९ मा १४ अर्ब डलरभन्दा धेरै वार्षिक नाफा कमाएको थियो । तर सन् २०२० मा तेलको माग र मूल्यमा कोभिड १९ संकटले असर गरेपछि कम्पनीको राजस्व ३० प्रतिशतले घटेर एक खर्ब ८१ अर्ब ५० करोड डलरमा झरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया