काठमाडौं ।
प्रभुु क्यापिटल लिमिटेडको ‘एट टुु एट’ सेवा सञ्चालनमा आएको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई नियमित कार्यालय समयबाहेक विहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खातासम्बन्धी सेवा प्रदान गरी डिम्याट खातासम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिनबाहेक हरेक दिन लागू हुनेगरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवा सुरु गर्न लागेको हो ।
विहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजेसम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म एट टुु एट सेवा सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ । यसअन्तर्गत ग्राहकहरूले डिम्याट खाता खोल्ने, मेरो सेयर खाता खोल्ने, डिम्याट र मेरो सेयर खाता नवीकरण गर्ने, मेरो सेयरको पासवर्ड रिसेट गर्ने, भौतिक सेयरलाई अभौतिकीकरण कार्य गर्ने, बैंक खातालगायत डिम्याटका विवरणहरू अद्यावधिक गर्ने, राफसाफको लागि डीआईएस लिने, सेयर रोक्का राख्ने कार्य, आदि गर्न सक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया