क्यानाडामा विदेशबाट आएका हवाइ यात्रुलाई होटल क्वारेन्टाइन अनिवार्य
ओटावा ।
विमानमार्फत विदेशबाट आएकालाई होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री जस्टीन ट्रुडोले यही फेब्रुअरी २२ देखि होटल क्वारेन्टाइन अनिवार्यसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुने शुक्रबार जानकारी दिए । कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बढ्ने क्रम नरोकिएको र विदेशबाट आउनेहरुबाट धेरै जना सङ्क्रमित भएको देखिएकाले यस्तो व्यवस्था गरिएको उनले स्पष्ट पारे । विदेशबाट आउनेबाट नयाँ प्रकारको कोरोना भाइरस पनि धेरै जनालाई सरेको पाइएको अधिकारीले जानकारी दिएका छन् ।
“हामीले नागरिकलाई सुरक्षित राख्न अनेक उपायहरु अपनाइरहेका छौँ, त्यही सिलसिलामा अत्यावश्यकबाहेकका यात्रुलाई स्वदेश आउन नदिने र अत्यावश्यक परेर आएकालाई पनि कडा सतर्कता अपनाउन लगाउने व्यवस्था गरेका छौँ,” उनले भने । ओटावामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ट्रुडोले महामारी न्यूनीकरणका लागि अरु पनि धेरै उपाय अपनाइएको जानकारी दिए ।
विदेशबाट आएकालाई विमानस्थलमै आफ्नै लगानीमा कोरोनाभाइरसको परीक्षण गर्न समेत क्यानाडा सरकारले निर्देशन दिएको छ । होटल क्वारेन्टाइनमा बसेकालाई कोरोना परीक्षण गरेको रिपोर्ट नआउदासम्म सरकारी अधिकारीको रोहबरमा तीन दिन होटलमै राख्ने व्यवस्था गरिएको छ । होटलको खर्च पनि व्यक्तिले नै तिर्नुपर्ने भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया