कुमारी बैंक र टाइटन जिम एन्ड फिटनेसबीच सम्झौता
काठमाडौं ।
कुमारी बैंक तथा टाइटन जिम एन्ड फिटनेसबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य र स्वास्थ्यसम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यका साथ टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरी सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध जानकारी दिएको छ ।
यो सम्झौताअन्तर्गत कुमारी बैंकमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा पाँच प्रतिशत, त्रैमासिक सदस्यतामा १० प्रतिशत, अर्धवार्षिक सदस्यतामा १५ प्रतिशत तथा वार्षिक सदस्यतामा ३० प्रतिशत छुट प्राप्त गर्ने प्रावधान रहेको छ ।
बैंकका सेवाग्राहीहरूले कुमारीपाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यो सुविधाबाट लाभ लिन सक्नेछन् । बैंकले आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया