मलेसियामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन
काठमाडौं, पुस २३
मलेसियामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ । नेपाली राजदूतावास मलेसियाले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको हो । विदेशमा रहेका सम्पूर्ण कूटनीतिक नियोगहरुले जनवरी ०७ तारिखका दिन एकसाथ भ्रमण बर्ष उद्घाटन गर्ने नितिअनुसार कार्यक्र आयोजना गरिएको हो । कार्यक्रममा मलेसियाका पर्यटन, कला तथा संस्कृति मन्त्री मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालय लगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैर सरकारी निकायहरु, मलेसिया र नेपालवीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, टुर तथा ट्राभल्स एजेन्सीहरु, होटल, उद्योगी तथा व्यापारिक वर्ग, मिडिया लगायतका उच्चस्तरको प्रतिनिधित्व रहेको थियो । मलेसियाका पर्यटन मन्त्री केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाईमा नेपाल रहने बारे विश्वास व्यक्त गर्नुका साथै पर्यटनको विकासको लागि उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानव श्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि सबैले गर्नुपर्ने विषयमा जोड दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियावीचमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा हुनुपर्ने साझेदारी लगायतका विषयमा प्रकाश पार्दै सम्पूर्ण मलेसियन नागरिक तथा विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भारतको चर्चित फच्र्युन होटेल्स अब नेपालमा
- नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता
- ‘चेम्बर श्रमिकको हकहितको पक्षमा छ’
- टेलिकमको आईसीटी डे अफर
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेस्टमेन्ट फन्डको लगानी
- नबिल बैंक र सिप्रदीबीच सहकार्य
- एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर कपिलवस्तुको पकडीमा
- प्राधिकरणद्वारा बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया