एसबी सोलुसन र डीजी हबबीच सम्झौता
काठमाडौं ।
एसबी सोलुसन प्राइभेट लिमिटेड र डीजी हब प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । लगानी र सहकार्यका लागि एसबी सोलुसन तथा डीजी हबबीच सम्झौता भएको हो । कम्पनीका अनुसार क्रेडिट र लेन्डिङ प्लेटफर्मलाई डिजिटाइज गर्ने लक्ष्यका साथ सहकार्य भएको हो । यो लक्ष्यलाई पूरा गर्नका लागि एसबी सोलुसनका अध्यक्ष र डीजी हबका प्रबन्धनिर्देशकबीचमा सम्झौता भएको हो ।
लेन्डिङ क्षेत्रमा डिजिटाइज गर्न एसबी सोलुसनले ‘क्रेडिट एक्स प्रो’ भन्ने लोन अटोमेसन प्रणालीको विकास गरेको छ । डीजी हबसँग सहकार्य गरेर एसबी सोलुसन निरन्तर रुपमा क्रेडिट अटोमेसन, माइक्रो लेन्डिङ, लोन प्लेटफर्म, ओपन बैंकिङको क्षेत्रहरुमा काम गरिरहने दाबी गरेको छ । एसबी सोलुसनको क्रेडिट एक्स प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले पनि थप एपीआई इन्टिग्रेसन र नेटवर्क कनेक्सनको सुविधा पाउनेछन् ।
क्रेडिट एक्स सँगसँगै एसबी सोलुसनले बैंक तथा वित्तीय संस्थाहरुलाई क्रेडिट रेटिङ र वित्तीय मूल्यांकन, अनलाइन कर योग्यता, अनलाइन अकाउन्ट खोल्न, डकुमेन्ट व्यवस्थापन प्रणाली, बिक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिङ प्रणालीको क्रेडिट र ग्यारेन्टी स्वचालित व्यवस्थापन प्रणाली, मेमो व्यवस्थापन प्रणाली, कागजात अभिलेख प्रणाली, बजेट प्रबन्धन प्रणालीजस्ता सेवाहरु प्रदान गरिरहेको छ । डीजी हब प्रालिले बैंक तथा वित्तीय संस्थाहरुलाई एण्ड टू एण्ड फिनटेक सोलुसन पनि प्रदान गर्ने गर्छ । डीजी हबले डिजिटल नेपालको भिजनलाई साकार पार्नका लागि काम गरिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया