उत्तर कोरियामाथि फाइजर खोपको तथ्यांक चोर्न खोजेको आरोप
सोल ।
उत्तर कोरियामाथि अमेरिकी र जर्मन कम्पनीले विकास गरेको कोरोना खोपको प्रविधि चोर्न खोजेको आरोप लागेको छ । प्योङयाङले अमेरिकी औषधि कम्पनी फाइजरको खोप प्रविधि चोर्ने प्रयास गरेको दक्षिण कोरियाली जासुसी अधिकारीले बताएको बीबीसीले जनाएको छ ।
डाटा चोरे/नचोरेको भने स्पष्ट नभएको बताइएको छ । दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स एजेन्सीले यससम्बन्धी विवरण सांसदहरुले सुटुक्क ब्रिफिङ गरेको समाचार संस्था योनहापले जनाएको छ । फाइजरले यसबारे प्रतिक्रिया दिएको छैन भने उत्तर कोरियाले अहिलेसम्म पनि संक्रमित भएको बताएको छैन ।
यद्यपि उत्तर कोरियाले २० लाख अस्ट्राजेनेकाको खोप पाउँदै छ । गत वर्ष जनवरीमा उत्तर कोरियाले आफ्ना सीमा नाका बन्द गरेको जनाएको थियो । गत नोभेम्बरमा नै माइक्रोसफ्टले फाइजरसहित नौ स्वास्थ्य संस्थालाई उत्तर कोरिया र रुसका ह्याकरले निशाना बनाएको चेतावनी दिएको थियो ।
उसले उत्तर कोरियाली समूह जिंक र सेरियम तथा रुसी समूह फेन्सी बियरले निशाना बनाइरहेको बताएको थियो । तर रुसले भने अरु देशको खोप अनुसन्धानलाई निशाना बनाएको समाचारको खण्डन गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया