जबर्जस्ती करणीपछि हत्या गरेको अभियोगमा एक पक्राउ
बैतडी ।
दोगडाकेदार गाउँपालिका ७ बस्ने करिब १८ वर्षीया भागरथी भट्टलाई जबर्जस्ती करणीपछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभियुक्त किशोरलाई सार्वजनिक गरिएको हो ।
गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भागरथी स्कुल बिदा भएपछि घर नआएको र फोन स्वीच अफ भएपछि खोजी गर्ने क्रममा उनी माघ २२ गते दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव सोही ठाउँस्थित लडालेक भन्ने लबलेक जंगल सडकछेउभन्दा करिब ३० मिटर तल भेटिएको थियो ।
प्रहरीका अनुसार उनको टाउकोमा चोट लाग्नुको साथै घाँटीमा दबाएजस्तो डाम, खुट्टाको औँलामा निल डाम घाउ र योनीबाट रगतजस्तो पदार्थ बगेको अवस्थामा उनी फेला परेकी थिइन् । उक्त घटनाको सूक्ष्म अनुसन्धानको क्रममा सोही स्कुलमा अध्ययन गर्ने अभियुक्त अन्तिम कक्षा नपढी साथीहरूसँग खोचलेकतर्फ गएको र साथीहरूलाई खोचलेक बजारमै छोडी आफू एक्लै खोचलेक बजारबाट चडेपानीस्थित आफ्नो घरतर्फ हिँडेको पाइएको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया