अमेरिकामा भीषण हिमआँधी, कम्तीमा २० जनाको मृत्यु
वासिङ्टन् ।
संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ । टेक्सासमा मङ्गलबारसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख भएका छन् । सुगरल्यान्ड सहरमा घरभित्र बालेको आगो फैलिएर भएको आगलागीबाट मङ्गलबार बिहान एक महिना र तीन बालबालिकाको मृत्यु भएको छ ।
उत्तरी क्यारोलिनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जना अरु घाइते भएका छन् । दक्षिणी टेनेस्सी राज्यमा पनि एक जना १० वर्षीय बालकको हिउँले ढाकिएको पोखरीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण धेरैवटा कोभिड–१९ का खोप केन्द्रहरु पनि बन्द गर्नुपरेको छ । खोप ढुवानीमा समेत समस्या उत्पन्न भएको छ । अर्को हिउँदे आँधी अमेरिकाका दक्षिण तथा मध्यपश्चिमी क्षेत्रमा बुधबारदेखि सुरु हुनलागेको पनि जलवायु अधिकारीहरुले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया