सोलुखुम्बु ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा करिब तीन वर्षअघि ल्याइएको बेसार पिस्ने मेसिन प्रयोगविहीन बनेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अदुवा बेसार जोनमार्फत प्राप्त भएको १६ लाख बजेटको त्यो मेसिन प्रयोगविहीन बनेको हो ।
सरकारी निकायले वितरण गरिएको औजार प्रयोगमा आउन नसक्दा स्थानीय सेवा लिनबाट वञ्चित समेत बनेका छन् । नेचामा अदुवा तथा बेसार प्रशस्त मात्रामा उत्पादन हुने भएकाले उत्पादित बेसारलाई औधोगिकीकरण गर्नका लागि विसं २०७४ सालमा बेसार पिस्ने मेसिन ल्याइएको थियो । तर उक्त मेसिन प्रयोगमा आउने कुरा एकादेशको कथाजस्तै बनेको नेचाका चित्रप्रसाद कट्टेलले बताए । मेसिनको प्रयोग गरेर स्थानीयलयलाई सहजता हुनुपर्ने भए पनि लामो समयदेखि यो मेसिन प्रयोगमा नआउँदा स्थानीयलाई समस्या हुनुका साथै राज्यको लगानी समेत बालुवामा पानी हालेझैँ भएको छ ।
मेसिनको केही पार्टपुर्जाको अवस्था ठीकै रहे पनि कतिपयमा भने खिया लागेर नचल्ने अवस्थामा पुगेका छन् । गाउँमै मेसिन आउँदा खुशी लागेको भए पनि कार्यान्वयनमा आउन नसक्दा सरकारी सम्पत्तिको दुरुपयोग भएको गाउँपालिकाको वडा नम्बर ४ बेतघारीका बालकृष्ण कट्टेललेको भनाइ छ । यसको सदुपयोग गरेर प्रयोगमा ल्याउनुपर्ने उनले बताए । परियोजनाले पाँचवटा जेनेरेटर, चारवटा कटिङ मेसिन (स्लाइसर), एउटा सुकाउने मेसिन (सोलार ड्रायर), एउटा धुने मेसिन र डिजिटल तौलने मेसिन वितरण गरेको थियो ।
मेसिन सञ्चालनमा नआउनुको मुख्य कारण विद्युत् अभाव रहेकाले अबको केही समयबाटै सञ्चालनमा ल्याउने अदुवा बेसार जोनका तत्कालीन अध्यक्ष लोचनकुमार शर्माको भनाइ छ । विद्युत्को समस्या समाधान समाधान हुनेबित्तिकै मेसिन प्रयोगमा आउने उनको भनाइ छ । अहिले गाउँपालिकामा विद्युत् विस्तारको काम भइरहेकाले छिट्टै समस्या समाधान हुने उनको विश्वास रहेको छ ।
लाखौँ खर्च गरेर ल्याइएका मेसिन प्रयोगमा नआउँदा एकातिर किसानले उत्पादन गरेको बेसार खेर गइरहेको छ भने मेसिन समेत प्रयोगमा नआउँदा काम नलाग्ने अवस्थामा पुग्ने अवस्था देखिएको छ । यसको प्रयोगले अनुदानको रकमको प्रयोग गरी किसानलाई समेत राहत दिनतर्फ सबै सरकार लागेमा यसको सही सदुपयोग हुने स्थानीयको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया