गरिमा विकास बैंकको ‘मेरो सेयर बचत खाता’
काठमाडौँँ ।
गरिमा विकास बैंकले मेरो सेयर बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त बैंकले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु-याउन ‘मेरो सेयर बचत खाता’ सार्वजनिक गरेको जानकारी दिएको छ । यो खाताअन्तर्गत ग्राहकहरूले न्यूनतम पाँच सय रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र सी–आस्बा सुविधालिन सक्नेछन् ।
पहिला नै डिम्याट खाता हुने ग्राहकहरूले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्नेछन् । वर्तमान अवस्थामा कोभिड १९ को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सङ्कुचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको ब्याजदरमा कमी आउँदा समेत बैंकले ‘मेरो सेयर बचत खाता’ मा आर्कषक पाँच दशमलव पाँच प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ ।
जनमानसमा सेयरप्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरी नेपाली सेयर मार्केटको स्त्तरोन्नतिमा केही हदसम्म सहयोग पु-याउने यो खाताको मुख्य उद्देश्य रहेको यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताएका छन् । हाल बैंकले ३५ जिल्लामा एक सय छवटा शाखा कार्यालयहरू र ५१ एटीएम मार्फत आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा दिँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया