चरीकोट–जिरी सडक निर्माण तोकिएको समयभित्र नै सक्ने लक्ष्य
दोलखा ।
लामोसाँघु–जिरी सडकको चरीकोट–जिरी खण्डको विस्तार तथा निर्माणकार्य तोकिएकै समयमा सक्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको छ । कोरोना भाइरस र लकडाउनले केही समय प्रभावित भएको सडक विस्तार गरिने काम हाल तीव्र रुपमा सञ्चालन भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक खण्डको कालोपत्रेको काम आगामी वर्षको फागुनसम्म सक्ने लक्ष्य लिएको सडक निर्माण आयोजना कम्पनी लामा कन्स्ट्रक्सनका प्रबन्धनिर्देशक जिपछिरिङ शेर्पाले जानकारी दिए । उनले कोरोनाले प्रभावित बनेको समयलाई मध्यनजर गर्दै सरकारले थप छ महिना समय थप गरेकाले मौसमले साथ दिए तोकिएको समयमा सडकको काम सक्न कुनै समस्या नहुने उनको भनाइ छ ।
२०१९ मार्चबाट उक्त सडक निर्माणको काम सुरु गरिएको हो । हालसम्म चरीकोटदेखि तामाकोशी नदीसम्मको १७ किलोमिटर र तामाकोशीदेखि नाम्दुको बुस्तीसम्मको साँढे दुई किलोमिटर सडकको कालोपत्रे सम्पन्न भइसकेको छ । सडकको परामर्शदाता सीमित–ईआएमसी जेभीका प्रमुख इन्जिनियर राजेन्द्र पौडेलका अनुसार अहिले बुस्तीदेखि नाम्दु बजारसम्म कालोपत्रेको काम चलिरहेको छ । त्यसैगरी नाम्दुदेखि मैनापोखरीसम्म सबबेसको काम सकेर बेस हालिरहेको उनले बताए ।
यस्तै मैनापोखरीदेखि जिरीसम्म ८६ दशमलव ५ प्रतिशत अन्य सडक संरचना निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । हिउँदमा तीव्र रूपमा काम भइरहेकाले यो महिनाभित्र बुस्तीदेखि नाम्दुसम्मको कालोपत्रे सकियो भने करिब ५० प्रतिशत कालोपत्रे सकिने आयोजनाको भनाइ छ । ठेक्का सम्झौता समय सकिन अझै करिब एक वर्ष समय रहेकाले पनि आगामी दशैँभित्र खावासम्म कालोपत्रे गर्ने र त्यसपछि बाँकी रहेको करिब छ महिनाको समयमा खावादेखि जिरीसम्मको कालोपत्रे सहज रुपमा सकिने निर्माण कम्पनीको दाबी छ ।
सडक निर्माण गर्न सुरुमा ३० महिना समय दिइएको थियो । कोरोनाका कारण सरकारले थप छ महिना समय बढाइदिएको छ । ३५ वर्षअघि स्विस सरकारको सहयोगमा निर्माण गरिएको हो । सो सडकको केन्द्रदेखि दायाँबायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा उही बेला ल्याएको थियो । अहिले भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक विस्तार भइरहेको छ ।
निर्माण कम्पनीले चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक तीन चरणमा कालोपत्र गर्ने तयारीका साथ काम गरिरहेको छ । सडक निर्माण गर्न एक्जिम बैंकको तीन अर्ब ७० करोड सहुलियत ऋण लगानी भएको हो । भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनले दुई अर्ब २८ करोडमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया