एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट
काठमाडौं ।
एनएमबी बैंकका ग्राहकरुले बी एण्ड बी अस्पतालमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरूमा १० प्रतिशतसम्म छुट दिने बिषयमा द्विपक्षीय समझदारी गरेको हो । उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरू तथा कर्मचारीहरूलाई फार्मेसीबाट औषधि खरिद गर्दा पाँच प्रतिशत र अन्तरङ्ग (भर्ना)मा सात प्रतिशत छुट उपलब्ध गराउनेछ ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र बी एण्ड बीका तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरेका हुुन् । बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया