चिनियाँ ह्याकरले इमेल साइबर आक्रमण गरेको माइक्रोसफ्टको आरोप
अमेरिका ।
प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो मेल सर्भरमा चिनियाँ साइबर आक्रमणकारीले आक्रमण गरेको आरोप लगाएको छ । ती ह्याकरहरु चिनियाँ सरकारी ह्याकर भएको उसको दाबी छ । एक ब्लग पोष्ट गर्दै कम्पनीले फरक भर्सनका सफ्टवेयरमा ह्याकिङको प्रयास भएको हो । ह्याकरहरु तालिमप्राप्त रहेको माइक्रोसफ्टको दाबी छ । ह्याकरहरुले कतिपय इमेल इन्बक्ससम्म पहुँच प्राप्त गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका थ्रेट इन्टेलिजेन्स सेन्टरले राज्यको सहयोग प्राप्त चीनबाहिर सक्रिय रहेको हाफनियम ह्याकर ग्रुपले ह्याक गरेको जनाएको छ । सेन्टरले ह्याकिङ शैली र प्रकृतिको अध्ययन तथा विश्लेषण गरेको थियो । माइक्रोसफ्टका अनुसार हाफनियमले सरुवा रोग अनुसन्धान, कानुनी फर्म, उच्चशिक्षासम्बन्धी शैक्षिक संस्था र रक्षा क्षेत्रका ठेकेदारलाई निशाना बनाउने गरेको छ ।
त्यस्तै पोलिसी थिंकट्यांक (नीति विश्लेषक बौद्धिक समूह) र गैरसरकारी समूह पनि ह्याकरको निशानामा पर्ने गरेका छन् । माइक्रोसफ्टले चिनियाँ राज्यसम्बन्धित ह्याकरविरुद्ध आरोप लगाएको बितेको १२ महिनामा यो छैठौँ पटक हो । हाफनियम चीनको भए पनि यसले अमेरिकामा प्राइभेट सर्भरबाट ह्याकिङ कार्य सञ्चालन गर्छ । कम्पनीले ह्याकिङविरुद्ध सफ्टवेयर अपडेट गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया