काठमाडौँ ।
स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइल फोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ । पाँचौँ संस्करणको व्यापक सफलतापछि क्यामेरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ कम्पनीले छैठौँ संस्करणको यो मोबाइल फोन बजारमा ल्याएको थियो ।
‘मिडिया टेक हेलियो जी८०’ प्रोसेसरलाई विश्वमै पहिलोपटक यस मोबाइल फोनमार्फत प्रयोगमा ल्याइएको थियो । जसमा सुनिश्चित शक्तिशाली र द्रुत प्रदर्शनका कारण यो फोन मूलधारका र अनलाइन गेम रुचाउने प्रयोगकर्तामाझ रुचाइएको छ । नयाँ ग्राहकले ४/१२८ जीबी भेरिएन्टमा २३ हजार ९ सय ९० रुपैयाँमा रियलमी ६ आई खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । यसमा अक्टाकोरको सीपीयू प्रयोग गरिएको छ ।
यसको पर्फमेन्स २ गिजा हर्जसम्म एकलकोरभन्दा ३५ प्रतिशत बढी र अघिल्लो संस्करणको फोनभन्दा १७ प्रतिशत उत्कृष्ट छ । मलि–जी ५२ जीपीयूको प्रयोगका कारण पर्फमेन्स २५ प्रतिशतसम्म वृद्धि हुनसक्छ जसले गुणस्तरीय तस्बिर खिच्नुका साथै गेमको स्थिर फ्रेम दर उत्कृष्ट बनाउँछ । ४८ एमपी क्यामेरा राखिएको फोनको सेन्सरले तस्बिर उत्कृष्ट र स्पष्ट खिच्न मद्दत गर्दछ । मुख्य क्यामेरामा ११९ डिग्री पर्ने गरी ८ एमपी अल्ट्रावाइड लेन्स, २ एमपी पोट्रेट र २ एमपी माइक्रो लेन्स मिलाएर सहायक लेन्सका रुपमा प्रयोग गरिएको छ ।
जसको परिणामस्वरुप उत्कृष्ट फोटो÷भिडियोको अनुभूति ग्राहकहरुले गरिरहेको सर्वविदितै छ । ६.५ इन्च एचडी प्लस सानो ड्रप स्क्रिन डिस्प्लेका साथ उपलब्ध यो फोन ड्यु ड्रप डिस्प्लेभन्दा ३०.९ प्रतिशत सानो छ । यसमा राखिएको पूर्ण स्क्रिनले भिडियो हेर्दा र गेम खेल्दा प्रत्यक्ष अवलोकन गरिरहेजस्तो शानदार अनुभूति प्रदान गर्दछ । पाँच हजार एमएएचको टिकाउ र भरपर्दो ब्याट्रीले १८ वाट फास्ट चार्जिङको सुविधा प्रदान गरेको छ भने ट्रिपल सुरक्षाको विशेषता यसमा छ ।
दुर्लभ स्प्रे कोटिङ प्रक्रिया अपनाएर सयौँपटक सफा गरिएको रियलमी ६ आईको डिजाइन नाओटो फुकसावाबाट प्रभावित छ । जसको परिणामस्वरुप फोनको पछाडिको भाग चम्किलो देखिन्छ । यो फोन हरियो र सेतो गरी दुई नयाँ कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रियलमीआई ६ को दोस्रो संस्करणको फोन एन्ड्रोइड १० चाँडै बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया