चामाथ पालिहापिटियाले भर्जिन गालाक्टिकको सेयर बेच्ने
अमेरिका ।
संयुक्त लगानीकर्ता चामाथ पालिहापिटियाले भर्जिन गालाक्टिकमा रहेको केही सेयर बिक्री गर्ने भएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो जानकारी दिएको रोयटर्सले जनाएको छ । ‘यसो गर्न मन थिएन’, उनको भनाइ उद्धृत गर्दै रोयटर्स लेख्छ, ‘यो हप्तामात्रै मैले झण्डै दुई अर्ब डलर गुमाएँ ।’ थ्रेड गर्दै चामाथले लामो ट्विट गरेका छन् । उनले आफूले गरेको लगानीको समीक्षा गर्ने जनाएका छन् । सन् २०१९ मा उनले अन्तरिक्ष पर्यटनसम्बन्धी कम्पनीलाई सार्वजनिक कम्पनीमा लैजान मद्दत गरेका थिए ।
नियामकीय निकायमा पेस भएको कागजातले पनि उनले ६२ लाख कित्ता सेयर २१ करोड ३० लाख डलर हाराहारीमा बिक्री गरेको देखाएको छ । तर उनले आफूले अन्यत्र स्पाकमा लन्च गरेको कुनै पनि कित्ता सेयर बिक्री नगरेको स्पष्टीकरण दिएका छन् । प्रवक्तामार्फत शुक्रबार इमेल गरिएको एक वक्तव्यमा उनले अब आफू जलवायु परिवर्तनसँग जुध्ने खालका ठूला लगानीमा केन्द्रित भएको बताएका छन् । भर्जिन गालाक्टिकले भने यसको कुनै प्रतिक्रिया नदिइसकेको रोयटर्सले उल्लेख गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया