Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिभियाद्वारा फुडमाण्डु र दराज नेपालसँग सहकार्य

निभियाद्वारा फुडमाण्डु र दराज नेपालसँग सहकार्य


काठमाडौं ।
निभियाले अनलाइन सपिङ्ग स्टोर दराज र अनलाइन फुड डेलिभरी सर्भिसमा प्रणेता फुडमाण्डुसँग सहकार्य गरेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर देशभरका नारीहरुमा रहेको उद्यमशीलताको सम्भावना प्राप्तिका लागि सशक्तीकरण गर्ने उद्देश्यले सहकार्य गरिएको बताइएको छ ।

छालाको स्याहार गर्ने निभिया ब्राण्डले यो सहकार्यले नेपालमा आफ्नै स्वामित्वको रेष्टुरेण्ट व्यवसायहरु सञ्चालन गरिरहेका महिला उद्यमीहरुले हासिल गरेका अद्भुत उपलब्धिलाई साथ दिने, पहिचान दिलाउने लक्ष्यमा अभियानलाई केन्द्रित गर्ने बताएको छ । २०२१ को अन्तर्राष्ट्रिय नारी दिवसले तय गरेको ‘चुज द च्यालेन्ज’ भन्ने नारालाई पछ्याउँदै अभियानले महिला उद्यमीहरुलाई आफ्ना सशक्तीकरणका कथाहरु सुनाएर अरुहरुलाई पनि त्यही पथमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ ।

निभिया, फुडमाण्डु र दराजद्वारा अग्रसरता लिइएको यो अभियानले अन्य महिलाहरुलाई त्यस्तै धेरै अवसरहरु सिर्जना गर्ने र त्यस प्रकारको चुनौती स्वीकार्नलाई धेरै महिलाहरुलाई हौसला प्रदान गर्ने तथा जनचेतना निर्माण गर्न सहयोग गर्नसक्ने महिलाहरुको उपलब्धिहरुलाई अझ व्यापक बनाउने, मनाउने र पहिचान गर्ने उद्देश्य लिएको छ ।

अर्थपूर्ण कथाहरु र प्रभावकारी कथाहरुको सहायताबाट यो अभियानले अन्य बढ्दो महिला उद्यमीहरुलाई अघि बढ्न प्रेरित गर्ने लक्ष्य लिएको छ । पहलको एक हिस्सास्वरुप समेटिएका रेष्टुरेन्टहरुमा अंशुज् होममेड किचन, चाइना टाउन, पिज्जा कनेक्सन र डिटक्स क्याफे छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया