नेचर सुपर मार्केटको पहिलो शाखा नरेफाँटमा
काठमाडौं ।
नेचर सुपर मार्केट प्रालिको पहिलो शाखा काठमाडौंको नरेफाँटमा खुलेको छ । शुक्रबार एक कार्यक्रमबीच हास्यकलाकारद्वय दिपाश्री निरौला र जितु नेपालले शाखा शुभारम्भ गरेका हुन् । शाखामा बिहीबार पूजा गरिएको थियो । गत कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा नरेफाँटमा शाखा सञ्चालनमा ल्याएको हो । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा आएको हो ।
‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकताअनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराउने प्रालिका अध्यक्ष जनक धामीले जानकारी दिए ।
‘नरेफाँट आसपासका उपभोक्तालाई सहज रुपमा खाद्यान्न तथा ग्रोसरी सामान उपलब्ध गराउन शाखाले सहयोग पु-याउनेछ’, उनले भने । प्रालिले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ । शाखा शुभारम्भको अवसरमा प्रालिले तीनदेखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए । छुट अवधि एक महिनासम्म जारी रहनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया