फक्सवागनले युरोपमा नौ वर्षभित्र छवटा ब्याट्री सेल प्लान्ट स्थापना गर्ने
ब्रसेल्स ।
आगामी नौ वर्षभित्र फक्सवागनले युरोपमा छवटा ब्याट्री सेल उत्पादन प्लान्ट स्थापना गर्ने भएको छ । विश्वकै दोस्रो ठूलो कार कम्पनीले सन् २०३० सम्ममा विद्युतीय सवारीसाधन आपूर्ति गर्ने महत्वाकांक्षासहित ब्याट्री प्लान्ट स्थापना गर्नलागेको हो । ती सबै प्लान्टहरु साझेदारीमा निर्माण हुनेछन् । यसले वर्षमा २४० गिगावाट घण्टा क्षमताको उत्पादन गर्ने फक्सवागनले जनाएको छ ।
‘हाम्रा लागि इ–मोबिलिटी मुख्य व्यवसाय भएको छ । भ्यालु चेनको अर्को चरणमा व्यवस्थित रुपमा अगाडि बढिरहेका छौँ’, फक्सवागनको पावर डेका प्रमुख कार्यकारी हर्बर्ट डाइसले भने, ‘सबैभन्दा उत्कृष्ट ब्याट्री बनाउने दौडमा दीर्घकालीन रुपमा स्थान पाउन हामी प्रयत्नरत छौँ ।’ प्लान्टका लागि कम्पनीले तेल कम्पनी बीपी र अन्य युरोपेली कम्पनीसँग साझेदारी गर्ने समेत बताएको छ । त्योसँगै कम्पनीले चार्जिङ पूर्वाधारमा पपनि लगानी गर्ने जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया