भारतमा महामारीअघिकै अवस्थामा पेट्रोलियम पदार्थको माग
नयाँ दिल्ली ।
भारत आयल निगम (आईओसी)का प्रमुख श्रीकान्त माधव वैद्यले भारतमा इन्धनको माग महामारीअघिकै अवस्थामा पुगेको बताएका छन् । अर्थ व्यवस्था चलायमान हुने क्रम बढ्दै गर्दा इन्धनको माग अझै बढ्नसक्ने उनले बताएका छन् । कोरोना महामारी सुरु भएसँगै गरिएको लकडाउनको समयमा इन्धनको माग ४५.८ प्रतिशतले घटेको थियो । अहिले भने पेट्रोल र डिजेलको माग कोभिडपूर्वको अवस्थामा पुगेको छ ।
वैद्यले मंगलबार भनेका छन्, ‘हवाइ इन्धनलाई छोडेर बाँकी इन्धनको माग सामान्य अवस्थामा आइपगेको छ ।’ पेट्रोलको माग केही महिनापहिले नै कोभिडपूर्वको स्तरमा आएको थियो भने डिजेलको माग पनि मार्चअघि नै वर्षगत आधारमा ७.४ प्रतिशतले वृद्धि भएको छ ।
मार्च महिनाको १५ दिनको समयमा डिजेल बिक्री बढेर २८ लाख ४० हजार टन पुगेको छ भने पेट्रोलको माग ५.३ प्रतिशत बढेर साढे १० लाख टन पुगेको छ । अक्टोबरपछि वर्षगत तुलनामा पेट्रोलको माग पहिलोपटक बढेको हो । सन् २०२०/०२१ को पहिलो त्रैमासिकमा भारतीय अर्थ व्यवस्थामा पहिलोपटक सकारात्मक वृद्धि देखिएको छ । भारतको कुल गार्हस्थ्य उत्पादन समेत शून्य दशमलव चार प्रतिशतले बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया