दुईवटा सहकारीको करोडौँ रकम लिएर श्रेष्ठ फरार
काठमाडौं ।
काठमाडौँको इन्द्रचोकमा रहेको ओम वटु गुडविल बचत तथा ऋण सहकारी संस्था लि. र ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष दिवाकर श्रेष्ठ सर्वसाधारणले जम्मा गरेको करोडौँ रकम लिएर फरार भएका छन् । दुवै सहकारीका अध्यक्ष रहेका श्रेष्ठसँगै सहकारी संस्थाका कर्मचारीहरू समेत सहकारीका सेयर सदस्यले जम्मा गरेको बचत रकम लिएर भागेका हुन् ।
हाल दुवै संस्थाका कार्यालयहरू बन्द रहेका छन् । स्रोतका अनुसार ओम वटु गुडविल बचत तथा ऋण सहकारी संस्थाले मात्र वचत कर्ताको एक सय करोडभन्दा बढी रकम फिर्ता गर्न बाँकी छ भने ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाले पनि ७५ करोडभन्दा बढी रकम फिर्ता गर्न बाँकी छ ।
यी दुवै संस्थाका अध्यक्ष श्रेष्ठले संस्थामा केही आफन्त र कर्मचारीहरूलाई सञ्चालक बनाएर अधिकांश रकम स्वयम् आफैँले चलाएका थिए । सहकारी संस्थामा पाँच हजारदेखि करोडौँ रकम बचत गर्ने सदस्यहरू रहेका थिए । आक्रोशित सदस्यहरूले सहकारी र अध्यक्ष श्रेष्ठको घरमा समेत धर्ना दिएका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया