सिभिल लघुवित्तले थप स्थानमा सेवा विस्तार गर्ने
काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप स्थानहरूमा सेवा विस्तार गर्ने घोषणा गरेको छ । सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको उक्त वित्तीय संस्थाको विहीबार काठमाडौंमा सम्पन्न नवौं वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको हो । सिभिल लघुवित्तले अहिले ५५ वटा शाखा कार्यालयहरूमार्फत २९ जिल्लाहरूमा ४४ हजारभन्दा बढी सदस्यहरूलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले करिब ५४ करोड ४८ लाख बचत संकलन गरी झण्डै दुई अर्ब चार करोड लगानी गरेकोे छ ।
नवौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू तथा लाभांश पारित गरेको छ भने सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्यलाई निर्विरोध निर्वाचित गरेको छ ।
प्रमुख अतिथिको रूपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विगत केही वर्षयतादेखि आशालाग्दो तरिकाबाट व्यवसाय विस्तार गरेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिएका थिए । गाउँबस्तीमा रहेका विपन्न वर्गका घरदैलोमा पुगेर सेवा दिई गरिबलाई धनी बनाउने पुण्य कार्यमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए । संंस्थाका अध्यक्ष सचिनजङ रायमाझीकोे सभापतित्वमा भएको साधारणसभामा प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया