शाओमीद्वारा डीएसए स्कुलमा शैक्षिक सामग्री वितरण
काठमाडौं ।
शाओमीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत डीएसए (डिसेबल स्टुडेन्ट एसोसिएसन) का ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डीएसए स्कूलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
शाओमीले आफू सञ्चालनमा रहेको समुदायको सेवाका लागि विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गरिरहेको जनाएको छ । शाओमी नेपाल टिमले डीएसएका विद्यार्थीहरुलाई ल्यापटप, किट, झोला, जुत्ता, किताबहरु वितरण गरेपश्चात् डीएसएका विद्यार्थीहरुका मिठामिठा गीत//संगीतहरु सुनेर, उनीहरुले नै बनाएका सुन्दर चित्रहरु हेर्दै र उनीहरुकै रमाइला कथाहरु सुनेर समय बिताएका थिए ।
शैक्षिक सामग्री वितरणबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले आफूहरु व्यवसाय गर्नुका साथै समुदायप्रतिको जिम्मेवारीबारे पनि सचेत रहेको बताए । आगामी दिनहरुमा पनि समुदायलाई विभिन्न माध्यमबाट सहयोग गर्ने उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया