आशिष बहादुर सिंह
बझाङ, पुस २७
बझाङ जिल्लामा पनि जिल्लाभरका छाउगोठको तथ्यांक संकलन गर्न र छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ । जयपृथ्वी नगरपालिकाको धार्मीलेखबाट सुरु गरिएको छाउगोठ भत्काउने अभियानमा प्रमुख जिल्ला अधिकारीे, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मानवअधिकारकर्मी, महिलालगायतको सहभागिता रहेको थियो भने धामी लेकमा ११ वटा छाउगोठ भत्काइएका थिए ।
अघिल्लो साता प्रहरी प्रशासनको टोलीले जयपृथ्वी नगरपालिका–९ सेलाखेतमा गएर छाउगोठ भत्काउन निर्देशन दिएको थियो । त्यसलगत्तै चलाएको सचेतना अभियानपछि सातवटा छाउगोठ भत्काएको जयपृथ्वी नगरपालिका–९ का वडाध्यक्ष नवराज कोइरालाले बताए । गाउँमा छाउगोठहरू थिए, हामीले भन्दा गाउँलेले भत्काउन मानेका थिएनन् प्रशासनको टोली पुगेपछि सबैले आ–आफ्ना छाउगोठ भत्काउन थालेका वडाध्यक्ष कोइरालाले बताए ।
गाउँलेलाई सुरुमा भेला गराई छाउपडी प्रथा त्याग्न र सामाजिक कुरीति हटाउन सचेतना दिएको र एउटा छाउगोठ प्रहरीले भत्काएपछि अन्य गोठहरू विद्यार्थी तथा किशोरीको सहभागितामा भत्काइएको र सबै गरी ३६ छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । धार्मीलेखमा केही बूढापाकाले अवरोध पु-याएपछि प्रहरीसँग छोरी बुहारी र विद्यार्थीले छाउगोठ भत्काउन साथ दिएका थिए ।
उनीहरुले छाउगोठ भत्काउनुपर्छ भन्दै नारासमेत लगाएका थिए । जयपृथ्वी नगरपालिकाको सेलाखेत, धामीलेखबाट सुरु गरिएको छाउगोठ भत्काउने अभियानसँगै सबै पालिकामा रहेका छाउगोठको तथ्यांक लिने काम सम्पन्न गरेको र अब धमाधम जिल्लाभरका छाउगोठ भत्काइने प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया