समुद्रमुनि केबल राखेर दक्षिणपूर्वी एसिया र उत्तर अमेरिकालाई इन्टरनेटले जोड्ने फेसबुक र गुगलको योजना
अमेरिका ।
दुई ठूला सामाजिक सञ्जाल कम्पनी फेसबुक र गुगलले महत्वाकांक्षी योजना बनाइरहेका छन् । उनीहरुले दक्षिणपूर्वी एसिया र उत्तर अमेरिकालाई इन्टरनेटले जोड्न समुद्रमुनि केबल राख्ने योजना बनाइरहेका बीबीसीले जनाएको छ ।
क्षेत्रीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँग मिलेर सिंगापुर र इन्डोनेसियासम्म द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्ने परियोजनाको उद्देश्य छ । हङकङ–अमेरिका इन्टरनेटले जोड्ने यस्तै तीन परियोजनाबाट हात झिकेको फेसबुकले नयाँ योजना बनाएको हो । जासुसी हुनसक्ने भन्दै सरकारी ध्यानाकर्षणपछि हङकङ र अमेरिका जोड्ने योजना तुहिएको थियो । यसरी समुद्रमुनि केबल राख्न पनि सम्बन्धित देशको सरकारबाट अनुमति लिनुपर्छ ।
इको र बाइफ्रोस्ट नामका दुई केबलले विभिन्न रुटमा जाभा समुद्र पार गर्नेछन् । फेसबुकका नेटवर्क इन्भेष्टमेन्ट हेर्ने उपाध्यक्ष केभिन साल्भाडोरीका अनुसार यसले उपसमुद्री क्षमता लगभग ७० प्रतिशतले बढाउने बताए । यी केबल सुरुमा उत्तर अमेरिकाबाट सिधै इन्डोनेसियाको मुख्य भूभागमा पुग्नेछ । इको केबल बिछ्याउने काम सन् २०२३ सम्म पूरा हुनेछ । गुगल र इन्डोनेसियाली टेलिकम कम्पनी एक्सएल आजियटासँगको साझेदारीमा पछिल्लो परियोजना अघि बढाउन लागिएको हो । त्यसको एक वर्षपछि बाइफ्रोस्ट पूरा हुने आकलन छ ।
अमेरिकाको कुल जनसंख्याको ७३ प्रतिशतले इन्टरनेट चलाए पनि धेरैजसोको पहुाँच अहिले पनि मोबाइल डाटामै निर्भर छ । १० प्रतिशतले मात्रै फिक्स्ड लाइन ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने गरेको इन्डोनेसियाली इन्टरनेट सेवा प्रदायकहरुको संगठनको अध्ययनले गत वर्ष देखाएको थियो । फेसबुकले गत वर्ष नै इन्डोनेसियाका २० सहरमा ३ हजार किमि फाइबर निर्माण गर्ने जनाएको थियो । अघिल्लो सार्वजनिक वाइफाइ हट स्पट सम्झौतामै थप हुने गरी फाइबर बनाउने फेसबुकले बताएको थियो । साल्भाडोरीका अनुसार फेसबुकले प्यासिफिक लाइट केबल नेटवर्कलाई पनि निरन्तरता दिने योजना बनाएको छ ।
पीएलसीएनलाई फेसबुक र अमेजनले लगानी गरेका थिए । यसले अमेरिका, ताइवान, हङकङ र फिलिपिन्सलाई जोड्ने बताइएको थियो । तर गत वर्ष यी योजना बीचैमा तुहियो । ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षामा दखल पुग्ने बताएपछि अघि नबढेको हो । तर फेसबुकले ती योजनामाथि काम गरिरहेको जनाएको थियो । त्यस्तै अमेजनको सनफ्रान्सिस्को र हङकङ जोड्ने यस्तै योजनाबाट पनि गत वर्ष हात झिकिएको थियो । एक महिनाअघि फेसबुकको यस्तै योजना रद्द गरिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया