Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोना भाइरसबाट एकै दिनमा चार सय ५९ जनाको मृत्यु

भारतमा कोरोना भाइरसबाट एकै दिनमा चार सय ५९ जनाको मृत्यु


नयाँ दिल्ली ।
भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा चार सय ५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट चार सय ५९ जनाको मृत्यु हुनु यसवर्ष सुरु भएयताको नै सबैभन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

बुधबार कोरोनाबाट चार सय ५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको संख्या एक लाख ६२ हजार नौ सय २७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ । गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजारभन्दा कम भएको थियो । जनवरी २५ र २६ का दिनमा भारतमा २४ घण्टामा कोरोना भाइरस संक्रमित संख्या करिब नौ हजार एक सय भएको थियो ।

कोरोना संक्रमितको उक्त संख्या यसअघिका दुई सय ३७ दिनहरुका सबैभन्दा कम थियो । हालका केही दिनयता भारतमा कोरोना संक्रमित र सक्रमणबाट मृत्यु हुने व्यक्तिको सख्या बढ्न थालेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गत २४ घण्टामा ७२ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक करोड २२ लाख २१ हजारभन्दा बढी पुगेको छ । कुल संक्रमितमध्ये पाँच लाख ८४ हजार पाँच सय ६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म छ करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ४६ लाख हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा दश लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया