एनएमबी बैंकको ३५ प्रतिशत लाभांश पारित
काठमाडौं, पुस २७
एनएमबी बैंकको लाभांश पारित भएको छ । बैंकको बिहीबार सम्पन्न भएको २४औँं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । वार्षिक साधारणसभाद्धारा पारित भएको कुल लाभांशमा २१ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश रहेको छ । सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी तीन जना संस्थापकहरु निर्विरोध निर्वाचित गरेको छ । यसरी निर्वाचित हुनेहरुमा पवन कुमार गोल्यान, एफएमओको तर्फबाट निको पिल र कर्मचारी सञ्चय कोषको तर्फबाट संस्थापक सेयरधनी राजेन्द्र काफ्ले रहेका छन् ।
गत असोज ११ गतेबाट ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सञ्चालन गरेको एनएमबीको चुक्ता पुँजी हाल ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार छ सय रुपैयाँ रहेको छ । गत आवको खुद मुनाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड नौ लाख ८७ हजार रुपैयाँ पुगेको जानकारी बैंकले दिएको छ । हाल बैंकले एक सय ६३वटा शाखा, पाँचवटा एक्स्टेन्सन काउन्टर तथा एक सय २८वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया