आईसीटी क्षेत्रमा योगदान पु-याउनेलाई पुरस्कार
काठमाडौं ।
सरकारले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विशेष योगदान पु-याउने व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका विभिन्न पाँच विधामा आवेदन दिन एक सूचना जारी गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सो पुरस्कार वितरण गर्ने बताइएको छ ।
सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पु-याउने व्यक्ति तथा संस्थामध्ये सर्वोत्कृष्टलाई पाँच विधामा पुरस्कार वितरण गरिने मन्त्रालयले जनाएको छ । सरकारले नेशनल आईसीटी एक्सेलेन्स अवार्ड, नेशनल आईसीटी इन्नोभेसन अवार्ड, नेशनल आईसीटी अवार्ड (पब्लिक सेक्टर), नेशनल आईसीटी अवार्ड (प्राइभेट सेक्टर) र नेशनल आईसीटी एक्सेलेन्स अवार्ड (वुमन) विधामा पुरस्कार प्रदान गर्नेछ ।
सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवद्र्धन गर्न हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमा आवेदन दिनका लागि आवेदकले भर्नुपर्ने फारमको ढाँचा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ । यही वैशाख ४ गतेभित्र आवेदन फारम भर्न सकिनेछ । आवेदन फारम आईसिटिअवार्ड एट मोसिट डट जिओभी डट एनपी इमेलमा वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिनेछ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया