नेपालको पहिलो मल्टि–ब्राण्डेड जुत्ता शोरुम सञ्चालनमा
काठमाडौं ।
विभिन्न पाँच नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुले एउटै छानामुनि शोरुम सञ्चालनमा ल्याएका छन् । रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघरका नामले परिचित स्थानमा नवनिर्मित कम्प्लेक्सको भुइँ तल्लामा उक्त शोरुम रहेको छ ।
एकै छानामुनि विभिन्न ब्राण्डका नयाँ–नयाँ मोडेल तथा डिजाइनका जुत्ता चप्पल एकदमै सस्तो मूल्यमा उपलब्ध हुने केटीएम सुजका सञ्चालक प्रमोद कुमार महतोले बताए । उक्त शोरुममा केटीएम सुज, भेनस सुज, बोस सुज, बेम्बो सुज तथा हिमानी लेडिज सुजका उत्कृष्ट उत्पादनहरु छन् । उक्त जुत्ता शोरुममा कम्पनीहरुको आ–आफ्नै फ्याक्ट्री आउटलेट छ ।
यहाँ उपलब्ध हुने जुत्ता तथा चप्पलमा कम्पनीले वारेन्टी पनि दिएको छ । सिधै आफ्ना उप्पादनहरु उपभोक्तासामु पुग्ने हुनाले उपभोक्ताहरुको सुझाव तथा गुनासोलाई पनि ध्यान दिई सो सुझावलाई कार्यान्वयन गर्ने उल्लेख छ । स्वदेशमा बनेका नेपाली उत्पादनहरुले आम उपभोक्ताको मन जितिरहेको अवस्थामा अझ थप आकर्षित गर्नको लागि एकै छानामुनि (सेभ द टाइम सेभ मनी) भन्ने नारा लिई उक्त शोरुम सञ्चालनमा आएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया