विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
नयाँ दिल्ली ।
भारतीय कम्पनीहरुले एकै महिनामा विदेशमा झण्डै दुई अर्ब अमेरिकी डलर लगानी गरेका छन् । भारतीय मिडियाका अनुसार कम्पनीहरुले मार्च महिनामा एक अर्ब ९३ करोड अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी गरेका हुन् । यो पछिल्लो वर्षको सोही महिनाभन्दा आधा मात्रै हो ।
भारतीय रिजर्व बैंकको तथ्यांकअनुसार सन् २०२० मा दोस्रो देशमा तीन अर्ब ८६ करोड डलर लगानी गरेका थिए । यो वर्ष फेब्रुअरीमा पनि बाहिर गरिएको लगानी एक अर्ब ९५ करोड डलर थियो । भारतीय लगानीकर्ताले विदेशमा रहेका आफ्ना व्यावसायिक इकाइहरुमा यो वर्ष मार्चमा भएको कुल लगानीमध्ये एक अर्ब १५ करोड डलरको ग्यारेन्टी गरेको रकम छ । बाँकी ४१ करोड ३२ लाख डलर ऋणका रुपमा र ३६ करोड ३५ लाख डलर इक्विटी अर्थात् स्वपुँजीका रुपमा रहेको बताइएको छ । धेरै लगानी गर्नेमा भने भारतीय दूरसञ्चार कम्पनी भारती एयरटेल लिमिटेड, औषधि कम्पनी ल्युपिन लिमिटेड र एसआरएफ लिमिटेड छन् ।
भारती एयरटेलले मौरिससमा रहेको आफ्नो कम्पनीको इकाइमा ७५ करोड डलर लगानी गरेको छ भने ल्युपिनले अमेरिकामा रहेको व्यवसायमा २५ करोड डलर लगानी गरेको छ । त्यस्तै एसआरएफ लिमिटेडले नेदरल्यान्डस्थिगत पूर्ण सहायक इकाइमा आठ करोड ३८ लाख डलर लगानी गरेको छ । यसबाहेक महिन्द्रा एण्ड महिन्द्राले मौरिससमा रहेको सब्सिडरी इकाइमा आठ करोड ४५ लाख डलर लगानी गरेको छ । यस्तै इन्डियन होटल्स कम्पनी लिमिटेडले नेदरल्यान्डमा आफ्ना सब्सिडरी इकाइमा पाँच करोड ९५ लाख डलर लगानी गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया