काठमाडौं, पुस २८
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक ४२ दशमलव ६१ अंकले उकालो लागेर १२ सय ५५ दशमलव ७२ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ४७ अंकले उकालो लागेर दुई सय ७२ दशमलव ७३ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७९ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १५ हजार नौ सय सातवटा कम्पनीहरूको ३८ लाख ३१ हजार ५४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार नौ सय ६७ रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार १२ वटै समूहको सूचक बढेर पूरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २७ दशमलव तीन अंकले उकालो लागेर ११ सय १२ दशमलव ३१ अंकमा चढेको छ भने विकास बैंक समूहको सूचक पनि ४३ दशमलव ३३ अंकले उकालो लागेर १६ सय ९० दशमलव ७७ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि ३१ दशमलव सात अंकले उकालो लागेर नौ सय ८५ दशमलव ७१ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि एक सय २२ दशमलव दुुई अंकले उकालो लागेर १९ सय ८८ दशमलव ६१ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि तीन सय ८४ दशमलव २१ अंकले उकालो लागेर पाँच हजार ८८ दशमलव ५० अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि चार सय नौ दशमलव २७ अंकले उकालो लागेर छ हजार तीन सय ७६ दशमलव ७१ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ११ दशमलव ५९, ७५ दशमलव ८४, १३ दशमलव ९२, ३४ दशमलव ५४ र १७ दशमलव ९२ र शून्य दशमलव २४ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० रूपैयाँले बढेर तीन सय ४१ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रियिमर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० रूपैयाँले बढेर चार सय ६२ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको माउन्टेन हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य दुुई रूपैयाँ १५ पैसाले घटेर ९१ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मूल्य दुुई रूपैयाँ आठ पैसाले घटेर ९४ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक सिन्धुु विकास बैंक, प्राइम कमर्सियल बैंकको संस्थापक सेयर आदि पनि गुमाउने कम्पनीहरूको सूचीमा परेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार पाँच रूपैयाँ अन्तिम मूल्यमा पाँच करोड ८८ लाख १९ हजार ५९ रूपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा परेको ग्रामिण विकास लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता चार सय तीन रूपैयाँ अन्तिम मूल्यमा चार करोड ६३ लाख ५६ हजार पाँच सय चार रूपैयाँको कारोबार भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया