लन्डन ।
सुपरमार्केट कम्पनी टेस्कोलाई ७५ लाख ६० हजार पाउन्ड स्टर्लिङ जरिवाना गरिएको छ । मिति नाघेका खाना बर्मिङघमस्थित तीनवटा स्टोरमा भेटिएपछि कम्पनीलाई जरिवाना तिराइएको हो । सिटी सेन्टर र बाउर्नभिल्लेमा रहेका दुईवटा टेस्को एक्सप्रेस स्टोरमा त्यस्ता खाद्यवस्तु भेटिएको थियो । अर्कोचाहिँ ब्रिस्टोल रोड साउथमा रहेको टेस्को मेट्रोमा भेटिएको थियो ।
टेस्को स्टोर लिमिटेडले सन् २०१६ र सन् २०१७ मा खाद्य सुरक्षा र पोषण नियन्त्रणको २२ नियम उल्लंघन स्वीकार गरेपछि जरिवाना तिराइएको बताइएको छ । टेस्कोले तत्कालै समस्या समाधानमा तत्परता देखाएको पनि दाबी गरेको छ । सोमबार कम्पनीलाई जरिवानासहित सिटी काउन्सिलले ९५ हजार पाँच सय पाउन्ड थप रकम मुद्दा लागतस्वरुप तिराएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया