उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ सहयोगमा चीन प्रतिबद्ध छ : सी चिनफिङ
बेइजिङ ।
चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ (बीआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताएका छन् ।
बोआओ मञ्चको वार्षिक शिखर बैठकको उदघाटन समारोहमा भिडियो कन्फरेन्समार्फत मंगलबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सबै देशका जनताको जीवन र स्वास्थ्य सुरक्षित गर्नका लागि संक्रामक रोग नियन्त्रण, जनस्वास्थ्य, परम्परागत औषधि र अन्य क्षेत्रमा विभिन्न पक्षसँग स्वास्थ्य साझेदारीका कार्यलाई थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘चीनले सम्पर्क सञ्जालका लागि सुदृढ साझेदारी निर्माण गर्नेछ, एवं ‘हार्ड’ र ‘सफ्ट’ जस्ता सबै किसिमका पूर्वाधार निर्माणलाई प्रबर्द्धन गर्न सबैसँग मिलेर कार्य गर्न चीन तत्पर छ । उनले स्वच्छ विकासका लागि चीनले अझ निकट साझेदारी निर्माण गर्ने बताउँदै अन्य मुलुकलाई पनि हरित पूर्वाधार, हरित ऊर्जा र हरित वित्तका क्षेत्रमा पारस्परिक सहयोगलाई थप सुदृढ गर्न आग्रह गरेको समेत सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति सीले बीआरआई अन्तर्राष्ट्रिय हरित विकास साझेदारीलाई थप सुधार गर्न आग्रह पनि गरे । उनले बेल्ट एन्ड रोड (बीआरआई)लाई गरिबी निवारण र वृद्धिका लागि एउटा अवसरका रुपमा उपयोग गर्न पनि सबै इच्छुक साझेदार मुलुकहरुलाई आह्वान गरे ।
‘सन् २०३० सम्ममा बिआरआई परियोजनाले करिब ७६ लाख मानिसलाई चरम गरिबीबाट मुक्त गर्ने तथा तीन करोड २० लाख मानिसलाई मध्यम किसिमको गरिबीबाट माथि उकास्नेछ’, विश्व बैंकको प्रतिवेदन उद्धृत गर्दै राष्ट्रपति सीले भने । उनले खुलापन र समावेशी सिद्धान्तलाई अंगाल्ने बताउँदै बीआरआईलाई गरिबी निवारण र आर्थिक वृद्धिका निम्ति इच्छुक मुलुकसँग मिलेर कार्य गर्न चीन प्रतिबद्ध रहेको स्पष्ट पारे ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया